Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

माओवादी बैठकमा चल्यो नेतृत्व निर्माणका विषयमा बहस

इकागज |
साउन २७, २०८१ आइतबार १८:१३ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा नेतृत्व निर्माणका विषयमा बहस चलेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेतृत्व विकास गर्ने विषयमा सैद्धान्तिक बहस चलेको प्रवक्ता अग्नि सापकोटाले बताए । सिद्धान्त, विचार, नीतिमा राम्रो तयारी गरी नेतृत्व निर्माण गर्नुपर्नेमा छलफल चलेको उनले बताए । उनले स्थायी कमिटीमा चलेको बहसले केन्द्रीय कमिटीमा पनि निरन्तरता पाउने जानकारी दिए ।


केही दिन यता जारी स्थायी कमिटी बैठकमा स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार पार्नुपर्नेमा सदस्यहरूले जोड दिएको उनले बताए ।

त्यस्तै जनताका समस्या र मुद्दाहरूमा केन्द्रित भएर जनपरिचालन कार्यक्रम ल्याउनुपर्ने, नयाँ कार्यनीतिको विकास गर्नुपर्ने धारणा आएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

माओवादी सरकारले सुरु गरेको सामाजिक न्यायसहितको सुशासनका कार्यक्रमहरूबाट सरकार पछि हट्ने देखिएकाले खबरदारी गर्नुपर्ने धारणाहरू समेत आएको उनको भनाइ छ ।

आइतबार माओवादी स्थायी कमिटी बैठकमा १४ जना धारणा राखेका थिए । जसमध्ये अधिकांशले  वैज्ञानिक मापदण्ड बनाएर पार्टीभित्रको मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिएका थिए ।


Author

थप समाचार
x