विभिन्न पार्टीबाट आएका नेताहरूलाई जिम्मेवारीविहीन बनाइँदैन : प्रचण्ड
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले विभिन्न पार्टीबाट आएका नेताहरूलाई जिम्मेवारीविहीन नबनाइने बताएका छन् ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी पार्टी प्रवेश गरेकाले जिम्मेवारी नपाएको गुनासो गरेकाले उनीहरूलाई जिम्मेवारीविहीन नबनाइने बताएका हुन् ।
उनले प्रदेश र स्थानीय तहमा पनि माओवादीमा समावेश भएकालाई उचित जिम्मेवारी दिन निर्देशन दिए । अहिले माओवादीमा प्रवेश गर्नेको देशैभरीबाट लहर चलेको प्रचण्डले बताए ।
कार्यक्रममा विभिन्न पार्टीबाट आएका नेता कार्यकर्तालाई प्रचण्डले माओवादी प्रवेश गराएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया