एमाले कास्कीले गर्यो ६ युवालाई सम्मान
गण्डकी - अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले विभिन्न क्षेत्रका ६ जना युवालाई सम्मान गरेको छ । पोखरामा आज आयोजित एक कार्यक्रममा गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका ६ जनालाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार, फर्स्ट रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डा विकास गौचन, प्राध्यापक सुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी रहेका छन् ।
सम्मानितमध्ये करण बर्दियाका हुन् भने बाँकी पाँच जना कास्कीसहित गण्डकी प्रदेशको भूगोलमै जन्मे हुर्केर यहीँ क्रियाशील हुन्। युवालाई उप्रेरित गर्नुपर्छ भन्ने उद्देश्यका साथ उनीहरूलाई सम्मान गरिएको कार्यक्रम संयोजक तथा एमाले जिल्ला कमिटी सचिव दर्शन लामाले बताए ।
उनीहरूलाई गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी इन्चार्ज किरण गुरुङ, पार्टी जिल्ला इन्चार्ज कृष्णबहादुर थापा, अध्यक्ष बैनबहादुर अधिकारी, नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल, नेकपा (एकीकृत समाजवादी)का जिल्ला उपाध्यक्ष पूर्ण लामालगायतले सम्मान गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया