दल

रास्वपाको संसदीय दलको बैठक बस्दै

इकागज |
साउन २९, २०८१ मंगलबार ७:२ बजे

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ ।​मुख्यतयाः जलन सम्बन्धी विधेयकमा छलफल साे बैठककाे एजेण्डा रहने छ ।

आज मंगलबार बिहान १०ः३० बजे बोलाइएको बैठकमा सदनमा रास्वपाको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुनेछ ।


कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको छ । 

उनका अनुसार समसामयिक, राजनीतिक घटनाक्रमसहित थप एजेण्डामा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी  विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू सम्बन्धी, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र विविध रहेको छ ।


Author

थप समाचार
x