रास्वपा सांसदलाई बोल्न दिनुपर्ने लिङ्देनको माग
फाइल फोटो
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर जनाएको विरोधमा राप्रपाका राजेन्द्र लिङ्देनले समर्थन जनाएका छन् ।
रास्वपाका सांसद हरी ढकालले भ्रष्टाचारका कारण सडक दुर्घटना भएको बताएपछि विद्युत बक्यौता महसुलका बारेमा बोल्न खोज्दा सभामुखले माइक काटेका थिए । त्यसपछि सभामुख र रास्वपाबीच विवाद बढिरहेको बेला लिङदेनले समर्थन जनाएका छन् ।
‘सांसदहरूलाई बोल्न दिनुपर्छ, कुनै प्रतिबन्ध लगाउन पाइदैंन,’ लिङदेनले भने ।
सो अघि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए । तर लामिछानेले कुनै कुरा नबोली सांसद ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए । उनीहरू अहिलेसम्म सोही मागमा अडिग रहँदै उभिएर विरोध गरिरहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया