दल

भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हदम्याद स्वीकार्य हुँदैन - रवि लामिछाने

इकागज |
साउन २९, २०८१ मंगलबार १३:५६ बजे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारलाई नजिकबाट नियालिरहेको बताएका छन् । 

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारको सुरुवाती संकेतलाई जनताले मुल्यांकन गरिरहेको भन्दै पार्टीले पनि नजिकबाट नियालिरहेको बताएका हुन् । 


उनले छिट्टै पार्टीका तर्फबाट सरकारको काम कारबाहीका बारेमा धारणा सार्वजनिक गर्ने जिकिर गरे । लामिछानेले विद्युत प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्नेमा कुनै दुईमत नरहेको बताए । 

त्यस्तै उनले  भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने भन्दै जुनसुकै समयमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x