दल

विद्युत महसुलबारे रास्वपाले उठायो संसदमा प्रश्न

इकागज |
साउन २९, २०८१ मंगलबार १४:० बजे

काठमाडौँ - प्रतिनिधिसभाको सभामुख देवराज घिमिरेले अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई बोल्न दिएका छन् ।

सभामुख घिमिरेले आकस्मिक समयमा एउटै विषय मात्रै बोल्नु पाउनु पर्ने नियम भएको भन्दै थप बोल्न नदिएपछि रास्वपाले उठेर विरोध जनाएको थियो । त्यसमा प्रतिपक्ष कित्तामा रहेको राप्रपाले पनि रास्वपालाई समर्थन जनाएको थियो ।


अन्ततः लामो रस्साकस्सी पछि सभामुख घिमिरेले सांसद ढकाललाई बोल्ने मौका दिएका थिए ।

ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत महसुल बक्यौताका बारेमा धारणा राखेका थिए । ‘प्रधानमन्त्रीज्युले जसरी विद्युत नकाटन भन्दै जुन निर्देशन दिनु भएको थियो, त्यसरी नै विद्युत महसुल उठाउन पनि निर्देशन दिनुपर्यो’ उनले भने । ​

विद्युत प्राधिकरणले २२ अर्ब मध्ये १६ अर्ब छुट दिएको उल्लेख गर्दै अहिले ६ अर्बमा सीमित पारिएको भन्दै त्यसमा छानबिन गर्नु पर्ने माग पनि रास्वपाले राखेको छ । 

 


Author

थप समाचार
x