दल

रास्वपालाई भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हद म्याद स्वीकार्य नहुने

इकागज |
साउन २९, २०८१ मंगलबार १४:१२ बजे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हदम्यादको विरोध जनाएको छ । 

सिंहदरबारमा मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने निष्कर्ष निकालेको हो । 


रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारमा हदम्याद स्वीकार्य नहुने दलको निष्कर्ष रहेको बताए । 

त्यस्तै उनले जलनसम्बन्धी गैरसरकारी विधेयकका बिषयमा बैठकमा छलफल भएको छिटै सदनमा दर्ता गर्ने जानकारी दिए । 

बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टीआरसी विधेयकको समर्थन गर्दै सदनमा उक्त विधेयकको समर्थनमा धारणा राख्ने उनले बताए । 

त्यस्तै बैठकमा सदन र संसदीय समितिमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा छलफल भएको परियारले बताए । 


Author

थप समाचार
x