दल

माओवादीले प्रदेशस्तरमा संयुक्त परामर्श समितिको बैठक बोलाउने

इकागज |
साउन ३१, २०८१ बिहीबार १८:३० बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले प्रदेशस्तरमा संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले सबै प्रदेशमा निरन्तर संयुक्त परामर्श समितिको बैठक बस्ने निर्णय गरेको हो । परामर्श समितिको सबै बैठकमा अध्यक्षदेखि उपमहासचिवसम्मका नेताहरू सहभागी हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनले बागमतीमा भदौको ५ देखि ६, उपत्यका विशेष प्रदेशमा ७ देखि ८ गण्डकीमा ९ देखि १०, सुदूरपश्चिममा १२ देखि १३, कर्णालीमा १४ देखि १५ गते, लुम्बिनी प्रदेशमा भदौको १६ देखि १७ गते बैठक बस्ने बताए ।


त्यस्तै भाद्र ३० गतेसम्म अन्य प्रदेश, मोर्चा, मञ्च लगाएको बैठक हुने माओवादी केन्द्रले जनाएको छ ।​ सबै प्रदेशको बैठक सम्पन्न भएपछि व्यवस्थित दस्तावेज तयार पारेर असोज पहिलो साता केन्द्रित कमिटीको बैठक बस्ने सापकोटाले जानकारी दिए । त्यस्तै बैठकले सदन, सडकलाई सशक्त पार्दै र माओवादीले जितेका १ सय २२ स्थानीय तहलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको उनले बताए । उनले नेकपा एकीकृत समाजवादीलगायतसँग एकताका लागि निरन्तर छलफल भइरहेको बताए ।

बैठकमा नेताहरूको कार्य विभाजनका बारेमा भने कुनै निर्णय नभएको सापकोटाले उल्लेख गरे । बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्दै पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका थिए ।


Author

थप समाचार
x