दल

सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्छ : डा. शेखर

इकागज |
साउन ३२, २०८१ शुक्रबार १४:४२ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका छ​न् । 

शुक्रबार मोरङको बुढीगंगा गाँउपालिका वडा नंं. ७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस–एमालेको करिब दुई तिहाइ बहुमत रहेपनि सबैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।


संविधान संशोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनले बताए । कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन जटिल हुने उल्लेख गरे । ​

उनले भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्रको क्षेत्राधिकार दिन नहुने जिकिर गरे । ​

नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडिसी नेपालले प्राविधिक सहयोगमा बुढीगंगा गाँउपालिकाले मृगौला, मुटु तथा मधुमेह सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । नेता कोइरालाले विरामी जाँच गर्दै निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ समेत गरे । 


Author

थप समाचार
x