भीम रावलको टिप्पणी : कांग्रेस-एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत
काठमाडौँ- नेकपा (एमाले) का नेता भीम रावलले कांग्रेस-एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको टिप्पणी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लबले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले वर्तमान सरकार नेपालको संविधानको धारा २६९ को मर्मविपरीत रहेको बताएका हुन् ।
विपरीत सिद्धान्त भएका दुई ठूला दलहरूले सरकार बनाएकाले राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखेर राष्ट्रिय सुरक्षा, नेपालको सार्वभौमता, क्षत्रीय अखण्डता, कृषि, उद्योग, स्वास्थ्य, सञ्चार क्षेत्रमा काम गर्छन् कि गर्दैनन् भन्ने परीक्षाको रूपमा रहेको उनले बताए ।
उनले संविधान संशोधनमा एमाले-कांग्रेस स्पष्ट दृष्टिकोणका साथ अगाडि नबढेको प्रष्ट भएको बताए । त्यस्तै, उनले कांग्रेस-एमालेले भन्ने गरेको राष्ट्रिय सहमतिको व्यवस्था नेपालको संविधानमा नै नरहेको जिकिर गरे । उनले ठूला-ठूला भ्रष्टाचार र चुहावट रोक्न सरकारले कदम चाल्नुपर्ने बताए ।
रावलले आफू अहिले पनि एमालेको सदस्य भएको भन्दै त्यसमा अटल रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया