दल

मैले प्रधानमन्त्रीसँग भेट्न समय पाइन : वामदेव गौतम

इकागज |
भदौ २, २०८१ आइतबार १५:१४ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफूले प्रधानमन्त्रीसँग भेट्न समय नपाएको गुनासो गरेका छन् ।
 
आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले देश र जनताका विषयमा कुरा गर्न आफूले प्रधानमन्त्रीसँग भेट गर्न खोजे पनि समय नपाएको गुनासो गरेका हुन् । 

सरकारका प्रमुखसँग कुरा गर्दा हुने विषयमा प्रधानमन्त्रीसँग भेट गर्न समय नपाएकाले राष्ट्रिय सभालाई गुहारेर धारणा राखेको उनले बताए । 


गौतमले नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटनाहरू धेरै हुने गरेको उल्लेख गरे । 

प्राकृतिक प्रकोपका घटना घट्नुभन्दा पहिले नै गर्नुपर्ने काममा विषयमा नेपालका राजनीतिक दलका नेताहहरूको ध्यान जान नसकेको उनले बताए । 

उनले स्थायी रुपमा पहिरोबाट हुने क्षति रोक्न जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउनका लागि इजरायलको प्रविधि भित्र्याउनुपर्नेमा जोड दिए । गौतमले यसका लागि तत्कालै परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीले इजरायलका राजदूतसँग छलफल सुरु गर्नुपर्ने सुझाव दिए । 

उनले नेपाली जनताको सुरक्षाका साथै बिकास र समृद्धिका लागि पनि उक्त प्रविधि आवश्यक रहेको उल्लेख गरे। 


Author

थप समाचार
x