दल

एमाले कोशी प्रदेशद्वारा नेता र कार्यकर्ताहरूलाई अनुशासनमा राख्‍न १३ बुँदे आचारसंहिता निर्माण

इकागज |
भदौ २, २०८१ आइतबार २०:१५ बजे

काठमाडौँ- भदौ १ गते विराटनगरमा आयोजना गरिएको नेकपा एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले नेता र कार्यकर्ताहरूलाई अनुशासनमा राख्न १३ बुँदे आचारसंहिता निर्माण गरेको छ ।

सो बैठकका निर्णय सार्वजनिक गर्न आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेशले २०८१ साललाई पार्टी सुदृढीकरण र शुद्धीकरण वर्षसमेत घोषणा गरेको छ । यसैगरी कोशी प्रदेशको मोरङ, इलाम र तेह्रथुममा कात्तिक मसान्त भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।


पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले मिसन २०८४ केन्द्रित भएर पार्टीलाई थप सुदृढ बनाउने गरी कार्ययोजना बनाइएको जानकारी दिए । उनले आगामी निर्वाचनमा कोशी प्रदेशमा दुईतिहाई जित्ने गरी कार्यकर्ता परिचालन गर्ने तयारीका साथ नेकपा एमाले अघि बढेको बताए ।

पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले पार्टीलाई सुदृढ र शुद्धीकरण गर्न आयोजना गरिने कार्यक्रमहरूबारे जानकारी गराएका थिए ।


Author

थप समाचार
x