संविधान संशोधनका विषयमा खुला बहस हुनुपर्छ : माधव नेपाल
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनका विषयमा खुला बहस हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा अध्यक्ष नेपालले कसैले चाहेर संविधान संशोधन हुन नसक्ने भन्दै यसका लागि खुला बहस हुनुपर्ने बताएका हुन् । संविधानका कमीकमजोरीका बारेमा छलफल हुनसक्ने भन्दै उनले मध्यरातमा हस्ताक्षर गर्ने कुराले भने नियतमाथि शंका गर्नुपर्ने स्वाभाविक हुने धारणा राखे ।
अध्यक्ष नेपालले अहिलेको अवस्थामा आफूबाट भएका कमी कमजोरीहरूलाई दलका नेताहरूले स्वीकार गर्न सक्नुपर्ने उल्लेख गरे । उनले बहुदलीय प्रतिष्पर्धासहितको समाजवादबाटै मुलुकको विकास र समृद्ध सम्भव रहेको बताए ।
अध्यक्ष नेपालले राजनीतिमा निष्ठा र नैतिकताका साथै स्वच्छताको पनि आवश्यकता रहेको धारणा राखे । नैतिक आचरणले स्वच्छता नपाएसम्म देश र जनताप्रति समर्पित हुन नसक्ने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया