दल

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

इकागज |
भदौ ७, २०८१ शुक्रबार ८:१८ बजे

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

गत साउन २३ गतेदेखि शुरु भएको कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गतेसम्म बसेर स्थगित भएको थियो । कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको छ ।


यस बैठकमा साउन २३ गते २०८० फागुन ७-१० गतेसम्म ललितपुरमा सम्पन्न महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जनसहितका प्रस्तावहरु क्रमशः उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गरेका थिए ।


Author

थप समाचार
x