दल

सहकारी प्रकरणमा दुरुपयोग गरेको प्रमाण ल्याए राजनीति छाड्छु : रवि लामिछाने

इकागज |
भदौ ८, २०८१ शनिबार १५:१० बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफूले दुरुपयोग गरेको प्रमाण ल्याए राजनीति छाड्ने बताएका छन् ।

शनिबार चितवनको राप्ती नगरपालिकाको डडुवामा आयोजित कार्यक्रममा उनले आफूले ऋण लिएको प्रमाण छ भनेर संसदमा आवाज उठाउने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको भन्दै अझै पनि आफूविरुद्ध कुनै प्रमाण आए राजनीति छाड्ने बताएका हुन् ।


लामिछाने​ले भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने स्पष्ट अडान रहेको जिकिर गरे । उनले भ्रष्टाचारीलाई जोगाउन हदम्यादसहितको विधेयकलाई बहुमतको बलमा अघि बढाउन खोजिए परिणाम नराम्रो हुने चेतावनी दिए । भ्रष्टाचारका विभिन्न फाइलहरूलाई आफूले हिम्मतका साथ खोलेकै कारण हदम्यादको कुरा आएको उनको दाबी छ ।

सभापति लामिछानेले दुई ठूला दल कांग्रेस र एमालेको सरकारले जनताको पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टि गर्नुपर्ने उल्लेख गरे । 


Author

थप समाचार
x