रास्वपाले सुरु गर्यो आत्मनिर्भर नेपाल अभियान
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आत्मनिर्भर नेपाल अभियान सुरु गरेको छ ।
केन्द्रीय कार्यालय, वनस्थलीमा शनिबार नेपाली उत्पादनको प्रदर्शनीसहित ‘नीति मन्थन’ गरेर रास्वपाका केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन, उद्योग तथा वाणिज्य, उत्पादन प्रवर्द्धन, कृषि र अनुसन्धान तथा अभिलेखिकरण विभागको संयोजनमा अभियान सुरु गरिएको हो । अभियानको शुभारम्भ गर्दै उपसभापति डीपी अर्यालले स्वदेशमै उत्पादनको क्षेत्रमा भइरहेका उपलब्धि देखाएर विदेशिन खोज्ने युवालाई मुलुकभित्रै रहन प्रेरित गर्न अभियान सुरु गरिएको बताए ।
उनले आत्मनिर्भर नेपाल अभियान वडास्तरसम्म विस्तार गरिने जानकारी पनि दिए ।
अभियान शुभारम्भका लागि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका उत्पादनदेखि नेपालमा बनेका सामग्री प्रदर्शनीका ३० स्टल राखिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया