विदेशी दबाब र प्रभावमा लादिएको व्यवस्था टिक्दैन : कमल थापा
काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सबै अटाउन सक्ने मौलिक प्रजातान्त्रिक व्यवस्था आवश्यक भएको बताएका छन् । काठमाडौँको थानकोटमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले विदेशी प्रभाव र दबाबमा लादिएको व्यवस्था टिकाउ नहुने समेत बताए ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प राप्रपा नेपालसँग मात्र भएको भन्दै थापाले सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रले मुलुकलाई दिगो बनाई राख्ने बताए ।
संघीयताको स्वरुप नबदली आर्थिक रुपमा संघीयता मुलुकले धान्न नसक्ने भन्दै प्रदेश संरचना आवश्यक नभएको जिकिर गरे । भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन र कुशासनको दलदलमा मुलुक भासिएको भन्दै अब नयाँ राष्ट्रवादी आन्दोलन मुलुकको लागि जरुरी भएको उल्लेख गरे । राप्रपा नेपाल उठाउने र बनाउनेमा कसैले शंका नगर्न तर निरन्तर मेहनत गर्न कार्यकर्तालाई थापाले आग्रह गरे । कार्यक्रममा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारी, उत्तम लामा, उज्वल पोखरेल लगायतले बोलेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया