दल

म रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ, पार्टीबाट होइन : मुकुल ढकाल

इकागज |
भदौ ११, २०८१ मंगलबार १२:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासित गरेपछि प्रतिक्रिया दिँदै आफु रवि लामिछाने क्लबबाट निष्कासित भएको र आफुलाई पार्टीबाट निष्कासित गर्ने अधिकार क्लबलाई नरहेको बताएका हुन् ।


उनले भनेका छन् 'रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्छ ।'

ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेको बताउँदै आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेको आरोप लागाएका छन् ।

मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासित गरेको छ ।

र, यो पनि


Author

थप समाचार
x