दल

समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध

इकागज |
भदौ ११, २०८१ मंगलबार १३:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएका छन् । 

सोही पदमा उमेदवारी दिएका घनेन्द्र बस्नेतले मंगलबार उमेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत निर्वाचित भएका हुन् ।


एकीकृत समाजवादीमा सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि निर्वाचन गर्न लागिएको हो । उमेदवारी फिर्ताको समय दिउँसो साढे एक बजेसम्म थपिएको बताइएको छ ।


Author

थप समाचार
x