दल

दुई तिहाइको सरकारमाथि ठूलो घण्टी बजिसक्यो - रवि लामिछाने

इकागज |
भदौ ११, २०८१ मंगलबार १६:२४ बजे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरु सच्चिनुको विकल्प नरहेको बताएका छन् । 

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँंग कुरा गर्दै लामिछानेले राजनीतिक दल र नेताहरूप्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको विकल्प नरहेको बताएका हुन् ।


आम नागरिकहरूले राजनीतिक दलहरूलाई चासोका साथ हेर्न थालेको भन्दै हस्तक्षेप गर्न सुरु गरिसकेको आभाष सोमबारको टुँडिखेल घटनाबाट देखिएको उनले बताए। 

लामिछानेले दुई तिहाइको सरकारमाथि ठूलो घण्टी बजिसकेको र अब नतिजामुखी काम गर्न सक्नुपर्ने धारणा राखे । उनले रास्वपाले सदनबाट जनचासोका विषयलाई थप प्रभावकारी ढंगले उठाउने उल्लेख गरे । 


Author

थप समाचार
x