दल

समाजवादीको उपाध्यक्ष र उपमहासचिवमा को-को विजयी भए ?

इकागज |
भदौ १२, २०८१ बुधबार ७:३५ बजे

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको उपाध्यक्षको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

जस अनुसार उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), प्रकाश ज्वाला (१४५) र भानुभक्त जोशी (१५६) मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा निर्वचित जोशीबाहेक तीनै जना अध्यक्ष माधव कुमार नेपाल निकट नेता हुन् ।


त्यस्तै महिला उपाध्यक्षमा पनि नेपाल निकट नेतृ जयन्ती राई विजयी भएकी छन् भने रामकुमारी झाँक्री पराजित भएकी छन् । नेपाल पक्षले आफु निकट उम्मेदवारको चिट नै बनाएर बाँढेको थियो ।

त्यस्तै चार उपमहासचिवको नतिजा पनि आएको छ । जसमा मेटमणि चौधरी १५८ मत प्राप्त गर्दै विजयी भएका छन् भने रामकुमार खड्का र गरिमा शाहले १०७ मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यस्तै राजेन्द्र राईले १०६ मत प्राप्त गर्दै विजयी भएका छन् । चार उपमहासचिवको लागि १९ जनाको उम्मेदवारी परेको थियो ।

र, यो पनि


Author

थप समाचार
x