दल

भीम रावलको प्रश्न- टुँडिखेलमा नाराबाजी किन भयो भनेर खोज्‍ने की दमनमा उत्रिने ?

इकागज |
भदौ १३, २०८१ बिहीबार १३:३७ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका नेता भीम रावलले टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लंघन भएको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमार्फत नेता रावलले जनताले विरोध र आलोचना किन गरेछन् भनी आफूलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी हुने बताएका छन् ।


उनले भनेका छन्, '​टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो । जनताले विरोध र आलोचना किन गरेछ भनी आफूलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी । जन आक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तव्य हो ।'


Author

थप समाचार
x