दल

नेपाल एयरलाइन्सका जहाज समयमा नै मर्मत किन गरिएन - मनिष झा

इकागज |
भदौ १३, २०८१ बिहीबार १५:४७ बजे

फाइल फोटो

काठमाडौँ - रास्वपा सांसद मनिष झाले अन्य वायुसेवालाई फाइदा हुने गरि नेपाल एयरलाइन्सका जहाज समयमा नै मर्मत नगरिएको हो की भन्ने आशंका व्यक्त गरका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै झाले नेपाल एयरलाइन्सका जहाज मर्मतका लागि लगिए पनि लामो समयसम्म पनि ल्याउन नसकिएको र अन्य वायुसेवालाई फाइदा हुने गरि चलखेलका आधारमा यस्तो भएको हो की भन्ने आशंका व्यक्त गरे ।


निगमको जहाज सञ्चालन नहुँदा दैनिक पाँच करोड घाटा भएको भन्दै तत्काल यसतर्फ ध्यान दिन उनले आग्रह गरे । उनले निगमको जिम्मेवारी सम्हाल्ने व्यक्ति ज्ञान नभएकाले पनि निगमका धेरै प्राविधिक समस्या आएको हुनसक्ने बताए । 

बैठकमा कांग्रेस सांसद राजेन्द्र बजगाईंले नागरिक उड्डययन प्राधिकरणका डिजीलाई जोगाउनका लागि रास्वपा लागेको आरोप लगाए । नयाँ आशा देखाएको पार्टीले नै डबल स्ट्यान्डर्डको काम गरेको भन्दै उनले द्वैध चरित्र नदेखाउन रास्वपालाई सुझाव दिए । ​

उनले गौरापर्वका अवसरमा टुँडिखेलमा भएको क्रियाकलापप्रति आपत्ति जनाउँदै यसमा प्रतिपक्षी दलका कार्यकर्ताको संलग्नताको आशंका व्यक्त गरे । 


Author

थप समाचार
x