दल

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, महामन्त्रीद्वयको प्रस्तावमा छलफल हुने

इकागज |
भदौ १६, २०८१ आइतबार ८:१० बजे

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । यहि भदौ ११ गते बस्ने भनिएको बैठक आज दिउँसो २ बजेदेखि बस्ने भएको हो ।

सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पेश गरेको प्रस्तावबारे विवाद भएपछि आजको लागि बैठक बोलाइएको छ ।


यसअघि शनिबार बुढानिलकण्ठमा पार्टीका पुर्व तथा वर्तमान पदाधिकारीहरूबीच भएको छलफलमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति भएको बताइएको छ ।

पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा विवादित बनेको छ ।

सभापति देउवाले अहिले दुवै प्रस्तावमा परिमार्जनसहित पारित गर्ने सहमति भएको छ । 


Author

थप समाचार
x