प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री गुरुङलाई किन सचेत गराए ?
फाइल फाेटाे
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाई सचेत गराएका छन् ।
मन्त्री गुरुङले गत शनिबार पोखरामा दिएको अभिव्यक्तिलाई लिएर सार्वजनिक रुपमा आलोचना भएपछि प्रधानमन्त्री ओलीले सचेत गराएका हुन् ।
शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।
मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा शब्द चयनमा ध्यान दिन सचेत गराएका थिए ।
मन्त्री गुरुङले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूलाई प्रधानमन्त्री ओलीले सचेत गराएको स्पष्ट गरेका हुन् ।
उनले भने- मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो गराएँ, त्यही क्रममा प्रधानमन्त्रीले पोखरामा बोलेको विषयको सन्दर्भबारे सोध्नुभयो । मैले जानकारी गराए ।'
भाषा प्रयोग गर्दा सचेत हुनुपर्ने आफूले पनि महसुस गरेको मन्त्री गुरुङले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया