दल

सञ्‍चारमन्त्रीले पोखरामा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ - देवेन्द्र पौडेल

इकागज |
भदौ १८, २०८१ मंगलबार १८:१४ बजे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सञ्चारमन्त्रीले पोखरामा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् । 

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकमीसँग कुरा गर्दै पौडेलले सरकारका प्रवक्ताजस्तो व्यक्तिले आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिनु गलत भएको ​भन्दै सम्बन्धीत पक्षलाई बोलाएर छानबिन गरि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् ।


असभ्यतातर्फ समाजलाई लैजाने क्रियाकलापले सुखी नेपाली समृद्ध नेपालको नारा फगत नारामै सीमित हुने उनले बताए । त्यस्तै पौडेलले गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्रीका विषयमा आएका विषयमा कांग्रेस र एमाले मुछिएकाले उक्त दलहरूले प्रष्ट पार्नुपर्ने धारणा राखे । 

पदको किनबेच जस्तो मजाक जनताको बीचमा गर्न नपाइने उनले बताए । 

नेकपा एमालेका नेता राजेन्द्र राईले सञ्चारमन्त्रीले जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएजस्तो नलागेको भन्दै त्यसो भनेको हो भने निकै गलत कुरा भएको बताए । जनताको प्रतिनिधिले त्यस्तो भन्न नमिल्ने उनको भनाइ छ । ​

आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्तिका विषयमा सञ्चारमन्त्रीको विरोध भइरहेको छ । 


Author

थप समाचार
x