दल

एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

इकागज |
भदौ १९, २०८१ बुधबार १०:२८ बजे

काठमाडौँ- नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्न लागेको हो ।

बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ । मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोजनामा आज नेताहरूले आफ्नो धारणा राख्ने छन् ।


कार्ययोजनामाथि राय राख्न नेताहरूलाई तीन मिनेटको समय छुट्याएको छ भने त्योभन्दा बढी धारणा राख्ने सदस्यहरूलाई लिखित रूपमा दिन एमालेले निर्देशन जारी गरेको छ ।


Author

थप समाचार
x