दल

नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी

इकागज |
भदौ २०, २०८१ बिहीबार १२:५७ बजे

फाइल तस्बिर

रामपुर (पाल्पा)- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरूका कारण युवामा निराशा छाएको बताएका छन् । 

नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताए । 


युवाहरू विदेशिने क्रम बढ्दो रहेको हुँदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ । युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।

कांग्रेस पाल्पाले पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको बुधबार निवासमा आयोजित शोकसभामा सरिक हुन उनी पाल्पा आएका हुन् । मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उनले बताए । अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडी फर्कन नदिइ परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उनको धारणा छ । 


Author

थप समाचार
x