पाँचथरको विष्फोटको घटनामा विषयमा सरकारको जवाफ माग
फाइल फाेटाे
काठमाडौँ - नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको विष्फोटको घटनामा विषयमा सरकारको जवाफ माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै बर्तौलाले पाँचथरमा फेला परेको बेवारिसे बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको घटनाका विषयमा गृहमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने बताए ।
द्वन्द्वको समयमा छाडिएको बम विस्फोट भएको कुरा आइरहँदा त्यसको जिम्मेवारी कसले लिने भन्दै उनले प्रश्न गरे । पाँचथरको विष्फोट घटना निकै दुखद भएको भन्दै सरकारले गम्भीरताका साथ अनुसन्धान गर्नुपर्ने देखिएको उनले बताए ।
केहीदिन अघि पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा बेवारिसे बम विस्फोट हुँदा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिपसन साँवाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया