दल

सरकार बिचौलियाको संरक्षक : देवेन्द्र पौडेल

इकागज |
भदौ २४, २०८१ सोमबार १८:१६ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले अहिलेको सरकार बिचौलियाको संरक्षणका लागि काम गरिरहेको आरोप लगाएका छन् । 

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गदै पौडेलले वर्तमान सरकार भ्रष्टाचार, अनियमिततासम्बन्धी कामलाई जोगाउनका लागि बनेको फरक प्रकारको सरकार भएको र यसले बिचौलियाको संरक्षणका लागि काम गरिरहेको आरोप लगाएका हुन्।


जनतालाई झुक्काउनका लागि गरिएको संविधान संशोधनका कुराको संसदबाट प्रतिवाद गर्ने उनले बताए । पौडेलले विधुत बक्यौताका विषयमा सत्तापक्षले प्रतिपक्षीलाई दोष लगाउन खोजेको भन्दै वक्तौता नउठाउनका लागि मुख्य विषयलाई विषयान्तर गर्ने प्रयास भइरहेको जिकिर गरे । 

त्यस्तै उनले नदी किनारबाट थप २० मिटर मापदण्डको अदालतको फैसलालाई मानहानी गर्न नमिल्ने भन्दै जनतालाई उचित व्यवस्थापन गरेर मात्रै फैसला कार्यान्वयन गर्न आवश्यक रहेको बताए । यसमा अदालतसंग सरकारले दोहरी खेल्न नहुने उनको भनाइ छ । 


Author

थप समाचार
x