दल

एमालेको सचिवालय बैठक भदौ २८ मा बस्ने

इकागज |
भदौ २४, २०८१ सोमबार १९:३४ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय  बैठक यही भदौ २८ गते बस्ने भएको छ । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने गरी बैठक बस्न लागेको जानकारी दिए । बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा १२ः३० बजे बस्ने छ ।


यही भदौ १८ र १९ गते बसेको पार्टी पोलिटब्युरो बैठक आएका सुझावका आधारमा सचिवालयले वार्षिक कार्ययोजनालाई अन्तिम टुङ्गो लगाउने सहमति भएको थियो । 
    
 


Author

थप समाचार
x