दल

छानबिन समिति सहकारी पीडितलाई न्याय दिन सक्षम हुने विश्वास छः सभापति लामिछाने

इकागज |
भदौ २४, २०८१ सोमबार २१:४ बजे

फाइल फाेटाे

सुदूरपश्चिम - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले सहकारी अपचलन सम्बन्धमा छानविन गर्न गठित संसदीय विशेष समिति सहकारीपीडितलाई न्याय दिन सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

धनगढीमा आज बसेको पार्टीको सुदूरपश्चिम प्रदेश दोस्रो विस्तारित बैठकमा उनले संसदीय समितिले मिहिनेतका साथ काम गरिरहेकाले पीडितको समस्या समाधान हुने आफूलाई  विश्वास रहेको बताए । सभापति लामिछानेले आफ्नोबारेमा गलत मनसायका साथ टिकाटिप्पणी भइरहेका भन्दै समितिको प्रतिवेदनबाट यो प्रष्ट हुने धारणा राखे । 'जसको कुनै सहकारी छैन, उसैलाई सहकारी ठग भनिएको छ, पीडितलाई न्याय दिनेभन्दा पनि रविलाई डाम्न पाएहुन्थ्यो भन्ने पनि केहीलाई लागेको छ', उनले भने,'यस विषयमा समितिले विधि र पद्धतिमा रहेर निष्कर्ष निकाल्ने नै छ ।'


पूर्वउप्रधान तथा गृहमन्त्री लामिछानेले रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लिएको दावी गरे । पार्टीका सहप्रवक्ता रमेश प्रसाईले पार्टीमा देखिएको उचारचडाबबाट बिचलित नभएर सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । 


Author

थप समाचार
x