दल

एमालेले असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सांसदलाई किन दियो निर्देशन ?

इकागज |
भदौ २५, २०८१ मंगलबार १२:४६ बजे

सांकेतिक तस्विर

काठमाडौँ- नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न निर्देशन दिएको छ ।  एमालेका सांसद भीम आचार्यले बिहान काठमाडौँ नछाड्न भनेर फोन आएको जानकारी दिए  । '

'बिहान फोन आएको थियो  । ३ गतेसम्म काठमाडौँ नछाड्न भनिएको छ ,' उनले इकागजसँग भने,' प्रधानमन्त्री केपी शर्मा ओली असोज ४ गते अमेरिका जाँदै हुनुहुन्छ भनेर फोन आएको हो । काठमाडौँ नछोड्नु भनेर खबर आएको छ। '



Author

थप समाचार
x