दल

कांग्रेसको पर्यटन विभागमा १० सदस्य मनोनीत

इकागज |
भदौ २५, २०८१ मंगलबार २१:३२ बजे

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पर्यटन विभागको सदस्यमा १० सदस्य मनोनीत गरेका छन् ।

उनले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहेको पर्यटन विभागमा आज मनोनयन गरेका हुन् ।


 विभागमा खुम सुवेदी, वीरबहादुर महरा, दीपेन्द्र पाण्डे ‘कपिल’, लक्की कार्की क्षेत्री, छिरिङ डोल्मा शेर्पा, दिनेश मगर, यज्ञमूर्ति आचार्य, रामप्रसाद पञ्जियार, ईश्वर लामिछाने र जङ्गबहादुर लामा मनोनीत भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


Author

थप समाचार
x