दल

'जनयुद्ध'लाई जबरजस्ती 'हिंसा'को रुपमा परिभाषित गर्न खोजियो - लेखनाथ दाहाल

इकागज |
भदौ २६, २०८१ बुधबार १८:९ बजे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले जनयुद्धलाई जबरजस्ती हिंसाको रुपमा परिभाषित गर्न खोजिएकाले विरोध गरिएको बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले जनयुद्ध कुनै हिंसा नभएको तर यसलाई जवरजस्ती हिंसाको रुपमा परिभाषित गर्न खोजिएकाले विरोध र प्रतिवाद गरिएको बताएका हुन्।


उनले माओवादी जनयुद्धकै कारण मुलुकमा असाधारण परिवर्तन आएको भन्दै जनयुद्धलाई अस्वीकार गर्नु भनेको व्यवस्था र परिवर्तनलाई नै अस्वीकार गरेको जिकिर गरे । कांग्रेस र एमालेबीच सरकार गठनका बेला भएको सहमतिपछि जनतामा भ्रम छर्न जनयुद्धलाई अवमूल्यन गर्न खोजिएको उनले बताए । 

त्यस्तै दाहालले मुलुकलाई एकात्मक शासन प्रणालीमा लानका लागि विभिन्न परिवर्तनविरुद्ध आक्रमण हुन थालेको उल्लेख गरे । 


Author

थप समाचार
x