दल

सभामुखको रुलिङलाई मान्दिन भन्न मिल्दैन - रामहरि खतिवडा

इकागज |
भदौ २६, २०८१ बुधबार १८:३१ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सभामुखको रुलिङलाई मान्दिन भन्न नमिल्ने बताएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सभामुखको रुलिङमा आपति भए लिखित रुपमा जानकारी गराउन सक्ने भएपनि मान्दिन भन्न नमिल्ने बताएका हुन् ।


माओवादी सरकारबाट बाहिरिनुपर्दाको केही असर सदनमा समेत देखिएको भन्दै साना–साना कुरामा अल्झिन नहुने उनले बताए । उनले सहमतिबाट सबै समस्याको समाधान हुनुपर्नेमा जोड दिए । 

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले दुई दलको विवादले सदन अवरुद्ध हुनु राम्रो कुरा नभएको बताए । सशस्त्र द्वन्द्वका क्रममा भएका राम्रा वा नराम्रा कामलाई स्वीकार गर्दै अहिलेको अवस्थामा आइपुगेको भन्दै उनले शान्ति प्रक्रियालाई सहज रुपमा निष्कर्षमा पुर्याउनुपर्ने बताए । 

हिंसा शब्दलाई लिएर राजनीतिक पार्टीहरुले बखेडा खडा गर्न नहुने उनको भनाइ छ । 


Author

थप समाचार
x