दल

दुई बर्षपछि ओलीले मलाई प्रधानमन्त्री पद दिन्छन् - सभापति देउवा

इकागज |
भदौ २७, २०८१ बिहीबार १८:८ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पार्टीलाई पनि सिद्धाउने नीति कांग्रेसको नरहेको स्पष्ट पारेका छन् । 

बिहीबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाऊँ/नगरपालिकालाई सम्मान गर्दै सभापति देउवाले मुलुकको आवश्यकता अनुसार एमाले–कांग्रेस मिलेर सरकार बनाएको भन्दै अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताएका हुन् ।


देशभरका आम पार्टीका नेताहरूको भावनाअनुसार नै एमालेसँग मिलेर सरकारमा गएको उनले बताए । उनले दुईदलबीच भएको सहमतिअनुसार अहिले केपी ओली प्रधानमन्त्री भएको र दुई बर्षपछि ओलीले आफूलाई प्रधानमन्त्री पद दिने जिकिर गरे । 

देउवाले मुलुकलाई अघि बढाउन सबैलाई मिलाएर लैजान चाहेको बताए । उनले कांग्रेसलाई कमजोर बनाउने काम समेत भएकाले सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले आफ्नो उमेरका कारण रिटायर्मेन्ट लिने बेला भएको भन्दै पार्टीलाई अघि बढाउन युवा शक्तिहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । 

सभापति देउवाले नयाँ पुस्ताहरूले पार्टीलाई अघि बढाउन चिन्ता गर्नुपर्ने जिकिर गरे ।  कांग्रेसले नेतृत्व गरेका गाऊँ/नगरपालिकालाई विभिन्न विधामा उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको थियो । 


Author

थप समाचार
x