दल

एकीकृत समाजवादीले किन सोध्यो मेटमणिलाई स्पष्टीकरण ?

इकागज |
भदौ २७, २०८१ बिहीबार २१:५३ बजे

फाइल फाेटाे

काठमाडौँ  - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । नेपाली भूमिबारे विवादस्पद अभिव्यक्ति दिएको विषयमा समाजवादीले उपमहासचिव चौधरीलाई स्पष्टीकरण सोधेको हो । 

गत सोमबार एक टेलिभिजन कार्यक्रममा उपमहासचिव चौधरीले नेपाली भूमि लिपुलेक, कालापानी भारतको भएको अभिव्यक्ति दिएका थिए । त्यसबारे लिखित स्पष्टीकरण पेश गर्नका लागि समाजवादीका महासचिव घनश्याम भूसालले पत्र लेख्दै तीन दिनकाे समय दिएका हुन् ।


 


Author

थप समाचार
x