दल

नारायणकाजीले भनेः भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि भयो

इकागज |
भदौ ३०, २०८१ आइतबार १२:२६ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुदैं गएको बताएका छन् ।

आइतबार पोष्ट बहादुर बोगटीको दशौं स्मृति दिवसमा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाडामा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सरकारको पछिल्लो कामकारवाहीलाई हेर्दा भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको बताएका हुन् ।


पछिल्लो समय सहकारी प्रकरणमा सांसदहरू मुछिदै गएकाले उनीहरुलाई कस्तो कारवाही वा अनुसन्धान हुन्छ भन्ने जनताले हेरिरहेको उनले बताए ।

श्रेष्ठले माओवादीको जनयुद्ध वा संविधानमा उल्लेख सशस्त्र द्वन्द्वलाई होच्याउने काम सत्तापक्ष सांसदहरूबाट भएकाले प्रतिवाद गर्नुपरेको धारणा राखे । हिंसा शब्द नै सदनमा प्रयोग हुन सक्दैन भन्ने नभई जनयुद्धका सन्दर्भमा प्रयोग भएको हिंसा शव्दले परिवर्तनलाई नै अपमान गर्ने काम भएको उनको भनाइ छ ।

श्रेष्ठले समाजवादी मोर्चालाई क्रियाशील बनाउन सक्रिय भूमिका खेल्ने र जनताको मुद्दाका बिषयमा विचार मिल्नेसँग सहकार्य गर्दै अघि बढ्ने धारणा उनले उल्लेख गरे ।

उनले माओवादी नेतृत्वको सरकारले कुनै गल्ती नगरि राम्रा काम गरेकाले नै सरकारबाट हटाइएको जिकिर गरे । सरकारबाट बाहिरिएपछि पनि माओवादीलाई आफूले गरेका कामका कारण जनताका अगाडी मुख देखाउन कुनै समस्या नरहेको उनको भनाइ छ ।


Author

थप समाचार
x