दल

माओवादीप्रति जनताको आकर्षण बढेको छः उपमहासचिव पुन

इकागज |
भदौ ३०, २०८१ आइतबार १५:५७ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टीप्रति पछिल्ला दिनमा जनताको आकर्षण बढेको दाबी गरेका छन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिवङ्गत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले माओवादी जनताको बीचमा थप स्थापित हुँदै गएको र आकर्षण बढेको बताए । 


 माओवादी केन्द्रको विषयमा चिन्ता नगर्न र सङ्ख्या नतोक्न आग्रह गर्दै पूर्वमन्त्री समेत रहेका नेता पुनले आगामी दिनमा आफूहरू थप सबल र सक्षम बन्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली जनतालाई मूर्ख नठान्न र नहेप्न सबैप्रति उनले सचेत गराए । 

आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लोकतन्त्रको सर्भिसिङ र रि–ब्राण्डिङ गर्न सुरु गरेको, सुशासनका पक्षमा प्रभावकारी कदम चालेको नेता पुनको कथन थियो ।

 भ्रष्टाचार, राज्य दोहनविरुद्ध पूर्ववर्ती सरकारले प्रभावकारी कदम चालेको र त्यसलाई नेपाली जनताले आत्मसात् गरेको नेता पुनको भनाइ छ । कार्यक्रममा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
 


Author

थप समाचार
x