दल

सदनमा बोलेका कुरालाई लिएर संसद नै अवरुद्ध गर्नु उचित होइन - डा. महत

इकागज |
भदौ ३०, २०८१ आइतबार १७:३ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कुनै एक सांसदले सदनमा बोलेका कुरालाई लिएर संसद नै अवरुद्ध गर्नु उचित नहुने बताएका छन् । .

आइतबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले सदनमा सांसदहरूले धेरै विषयमा बोल्ने गरेको एक सांसदले बोलेको कुरालाई लिएर मात्रै संसद अवरोध गर्नु उचित नभएको बताएका हुन् ।


माओवादी सशस्त्र द्वन्द्वलाई स्वीकार गरेर मुलुकमा शान्ति प्रक्रिया अघि बढेको अवस्थामा अनावश्यक आशंका जन्माउन नहुने उनले बताए । 

महतले विपक्षमा हुँदा धेरै प्रतिक्रियात्मक हुने र सत्तापक्षमा हुँदा रक्षात्मक हुने कुरा उचित नभएको पनि जिकिर गरे । 

सदनमा गम्भीर रुपमा छलफल गर्नुपर्ने धेरै एजेण्डा र विधेयकहरू रहेकाले छिटै निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ । 


 


Author

थप समाचार
x