दल

सभामुखको कमजोरीले संसद बैठक बस्‍न सकेन - लेखनाथ दाहाल

इकागज |
भदौ ३०, २०८१ आइतबार १७:१६ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभामुखको पहलको अभावका कारण संसद बैठक बस्न नसकेको बताएका छन् । 

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले सभामुखले आइतबारका लागि निर्धारित समयमा बैठक नै नबोलाएको समेत बताए । 


 माओवादी सशस्त्र द्वन्द्वको अपमान हुने गरि राखेको अभिव्यक्ति फिर्ता लिनुपर्छ भन्ने माग स्पष्ट रहेको भन्दै उनले संसद चलाउने काम सभामुखको भएको तर्क गरे । 

दाहालले कांग्रेस–एमालेबीच सात बुँदे सहमति भएपछि मुलुकको परिवर्तनकारी शक्तिहरूलाई कमजोर पार्ने षडयन्त्र भइरहेको बताए । 

दाहालले एमाले नेता ऋषिकेश पोखरेल र कांग्रेस उपसभापति धनराज गुरुङको सहकारी प्रकरणको प्रारम्भिक छानबिनका क्रममा संग्लग्नता देखिएको दावी गरे । 


Author

थप समाचार
x