दल

एमाले र माओवादीले भने - कानुनअनुसार लामिछानेमाथि कारबाही हुनुपर्छ

इकागज |
भदौ ३१, २०८१ सोमबार १९:२० बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहकारी छानबिन समितिको प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । 

सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदको निर्देशन अनुसार सहकारी छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुने बताए । समितिको प्रतिवेदनमा आधारमा थप अनुसन्धान वा दोषी उपर कारवाही प्रक्रिया अघि बढ्ने उनले बताए ।


उनले प्रतिवेदनको पूर्णपाठ आफूले नपाएको भन्दै प्रतिवेदनको पूर्णस्वरुप पाएपछि कसलाई कारवाही हुने भन्ने जानकारी प्राप्त हुने जिकिर गरे । 

त्यस्तै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गोर्खा मिडियामा आएका सहकारीको रकम ल्याउने भरिया जिवि राई देखिएको बताए । उनले उक्त मिडियाबाट भएको खर्चका बारेमा भने रवि लामिछानेको संलग्नता देखिएको धारणा राखे । 

सहकारी रकम खर्च गर्ने काम पनि गैरकानुनी भएको भएकाले कानुन बमोजिम कारवाहीका लागि सिफारिस गरिएको उनले बताए । 


Author

थप समाचार
x