दल

प्रजातन्त्रलाई मजबुद बनाउनका लागि संविधान संशोधन - सभापति देउवा

इकागज |
असोज १, २०८१ मंगलबार १७:३० बजे

फाइल फाेटाे

काठमाडौँ  - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई मजबुत बनाउनका लागि संविधान संशोधन गर्न सकिने बताएका छन् । 

संविधान दिवसको सन्दर्भमा मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेसको कानुन विभागले आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस–एमालेले भन्दै आएको संविधान संशोधन प्रजातन्त्रको खिलापमा नभई प्रजातन्त्रलाई मजबुत बनाउनका लागि हुने बताएका हुन् । 


कांग्रेस–एमाले प्रजातन्त्रको पक्षमा लडेका पार्टीहरू भएकाले कुनै शंका नगर्न उनले आग्रह गरे । त्यस्तै देउवाले प्रदेश संरचनालाई हटाउन नसकिने भन्दै यसलाई अझ बढी उत्तरदायी बनाउनुपर्नेमा जोड दिए । उनले समानुपातिकका विषयमा प्रश्न उठेपनि समावेशीताको खिलापमा जनमत नरहेको धारणा राखे । 

कतिपय समुदाय आफैँ चुनाव जित्न नसक्ने अवस्थामा रहेकाले समावेशी राजनीति आवश्यक रहेको उनले बताए । 


Author

थप समाचार
x