दल

सहकारी रकम दुरुपयोग गर्ने रवि लामिछानेमाथि कारवाही हुन्छ - गगन थापा

इकागज |
असोज २, २०८१ बुधबार १७:३७ बजे

फाइल फाेटाे

काठमाडौँ - कार्यक्रममा कांग्रेस महामन्त्री गगन कुमार थापाले सहकारीको सदस्य नभएपनि सहकारी रकम दुरुपयोग गर्ने रवि लामिछानेमाथि कारवाही हुने बताए । 

बुधबार पार्टी कार्यालय सानेपमा आयोजित एक कार्यक्रममा थापाले सहकारीलाई ठगी गरेको गोरखा मिडियामा गएको रकम दुरुपयोग भएकाले रवि लामिछानेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको उनले बताए । 


थापाले सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले अक्षरस कार्यान्वयन गर्ने र दोषीलाई कारवाही गर्ने विश्वास व्यक्त गरे । 

त्यस्तै थापाले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमतिको आधारमा सरकार गठन भएकाले सहमतिको पूर्ण कार्यान्वयन हुने जिकिर गरे । सहमतिका आधारमा वर्तमान सरकार दुई बर्ष चलेपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने उनको भनाइ छ । 


Author

थप समाचार
x