दल

रास्वपाको महाधिवेशन वैशाखको अन्तिम साता

इकागज |
असोज २, २०८१ बुधबार १९:३८ बजे

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ । 

पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे । साथै उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको घोषणा समेत गरे । त्यस्तै लामिछानेले जनताको कुरा सुन्न ‘महाकाली–मेची जनयात्रा अभियान’को पनि घोषणा गरे । 


त्यस्तै आफ्नो राजनीतिक प्रतिवेदन पढेर सुनाउँदै लामिछानेले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरे । उनले प्रदेशसभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायिकी अधिकार दिन सकिने उन्नत विकल्पबारे छलफल सुरु गरिने बताए । ​

सातवटा प्रदेश कायम राख्दै स्थानीय पालिकाहरूको संख्या भने ५०० भन्दा मुनि झारिने उनको प्रस्ताव छ । लामिछानेले रास्वपाका नेताहरूमाथि झुटा मुद्दा आरोप लगाउने काम भएको र सबै दल मिलेर एक्ल्याउने काम भएको समेत बताए । 


Author

थप समाचार
x