दल

दुई तिहाइको सरकारको प्रारम्भिक काममा आत्मबल देखिएन- रवि लामिछाने

इकागज |
असोज ३, २०८१ बिहीबार १७:२१ बजे

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान संशोधनका नाममा आफ्नो राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न नपाइने बताएका छन् ।

संविधान दिवसका अवसरमा रास्वपाले बिहीबार काठमाडौंमा आयोजना गरेको संविधान मन्थन कार्यक्रमका बोल्दै लामिछानेले अहिलेको दुई दलीय सरकारले संविधान संशोधनको कुरा अघि सारेको अवस्थामा संविधानलाई आफ्नो राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न नपाइने बताएका हुन् ।


दुई तिहाइको सरकारको प्रारम्भिक काममा आत्मबल नदेखिएको उनले बताए । उनले अहिलेको अवस्थामा चुनाव निकै खर्चिलो हुँदै गएकाले संविधान संशोधनमार्फत पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्ने धारणा राखे ।

 पैसाको बलमा चुनाव जित्ने प्रवृत्तिले सदन पूर्ण रुपमा सक्रिय हुन नसकेको उनको भनाइ छ । लामिछानेले राष्ट्रियसभालाई विद्धानहरूको सभा बनाउनुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे ।  संविधानको सबल पक्ष समावेशी र समावेशीता भएको भन्दै उनले यसलाई कुनै हालतमा कमजोर बनाउन नहुने बताए । ​

उनले संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नदिएका कारण समस्या देखिएको पनि बताए । लामिछानेले शासकीय प्रणालीमा सुधार गरेरमात्रै नहुने भन्दै दलहरू सच्चिनुपर्ने र नेता छान्ने प्रणालीका विषयमा दलहरूले सबैभन्दा पहिला आफ्नो पार्टीको विधान परिमार्जन गर्नुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x