दल

अखिल (क्रान्तिकारी) को महाविधेशन सर्‍यो

इकागज |
असोज ३, २०८१ बिहीबार २०:४४ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले पार्टीको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को महाधिवेशनका सम्बन्धमा छलफल भएको प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।


विद्यार्थी सङ्गठनको महाधिवेशन असोजको पहिलो साता तय भएको भए पनि आवश्यक तयारी पूरा नभएको भन्दै  केही दिन सारिएको हो । सोही सन्दर्भमा पदाधिकारी बैठकमा छलफल भएको उनको भनाइ छ । पार्टी अध्यक्ष, महासचिव, विद्यार्थी मोर्चा हेर्ने प्रमुख र विद्यार्थी सङ्गठनका अध्यक्ष बसेर महाधिवेशनको नयाँ मिति तय गरिने उनले बताए । 

यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको काम कारबाही एवं देशभर भएका बैठक तथा छलफलका बारेमा विचार विमर्श भएको प्रवक्ता सापकोटाले जानकारी दिए । मुलुकभरि अनेकन प्रकारका अराजकता देखापरेकामा माओवादी केन्द्रले चिन्ता व्यक्त गरेको छ  । उनले भनेयो, “पार्टीलाई एकताबद्ध गर्नुपर्छ । जनवर्गीय सङ्गठनलाई एकताबद्ध बनाएर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।”

 


Author

थप समाचार
x