दल

वर्तमान सरकार सुरुवातकै चरणमा असफल बन्यो - प्रचण्ड

इकागज |
असोज ५, २०८१ शनिबार १७:२४ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिको आठौं भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्ने लगायतका गलत कदमका कारण सरकार सुरुवातकै चरणमा असफल भएको टिप्पणी गरेका हुन् । कुलमान र उपसभामुखलाई हटाउन खोज्ने प्रयास माओवादी र जनतालाई स्वीकार्य नभएर सत्तारुढ दलहरू पछि हटेको उनले बताए । 


वर्तमान सरकारमा भ्रष्टाचार आरोप लागेकै आधा दर्जन व्यक्ति मन्त्री भएकाले यो सरकार सुशासनका क्षेत्रमा निकै कमजोर रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारका विरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने बताए । 

प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई प्रभावकारी रुपमा अघि बढाएको उल्लेख गर्दै अब यसलाई समाजवाद निर्माणको आधार बनाएर लैजाने बताए । उनले अहिले एकथरिले अराजकता मच्चाएर २०४७ सालभन्दा अघिको निरंकुश अवस्थामा मुलुकलाई लैजान खोजेको आरोप लगाए । ​

उनले पार्टी परामर्श बैठकका क्रममा प्रदेशहरूमा पुग्दा र पछिल्लो समय भदौ २९ र ३० गते मोरङ, सुनसरी र झापा पुग्दा प्राप्त गरेको जन समर्थनले आफू थप उत्साहित भएको पनि बताए । 


Author

थप समाचार
x